Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

प्रदेश राजधानी हेटौंडा जोडने सडकको ३ जना मन्त्रीले गरे शिलान्यास


हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास गरिएको छ । वी।पी राजमार्गको कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकूले–तालढुंगा हुँदै हेटौंडा जाने प्रादेशिक सडक शिलान्यास गरिएको हो ।

ADVERTISEMENT

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा, प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य रत्न ढकालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

ADVERTISEMENT

बाग्मती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाल तीन तहका सरकारमा योजनामा दोहोरोपना नहुने भन्दै सबैले देखिने, सुनिने र अनुभव गर्ने खालका आयोजना थालिने बताए । उनले शिलान्यास गरिएको सडकको लागि श्रोत सुनुस्चित भैसकेकोले निर्माण सम्पन्न हुनेमा बिश्वस्त हुन अनुरोध गरे ।

भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले प्रदेशको एकल श्रोतमा ठेक्का लागेको प्रदेशकै ठूलो बजेट भएको योजना भएको जानकारी दिदै भौगोलिक बिकट र धेरै जनसंख्याका आधारमा बागमती प्रदेशका जिल्ला मध्ये काभ्रेमा धेरै बजेट बिनियोजन भएको बताए ।

ADVERTISEMENT

खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले १०–१२ बर्ष अघि चन्दा उठाएर सुरु गरिएको सडक निर्माण गर्ने सपना साकार भएको बताए । स्थानीय समेत रहेका मन्त्री तीर्थ लामाले ३ पटक आफुलाई जनताले प्रतिनिधिको रुपमा अनुमोदन गरेको भन्दै उनले उनिहरुको जिवनस्तर उकास्न सधै लाग्ने प्रतिबद्धता जनाए।

प्रदेश सभा सदस्य रत्न ढकालले रणनीतिक महत्त्वको सडक भएको भन्दै क्षेत्र नम्बर १ का अन्य सडक पनि क्रमशः स्तरोन्नति गरिने जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय धुलिखेल मार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतीको लागि ठेक्का आव्हान भएको थियो । रिटेनिङ वाल, स्ल्याब कलभर्ट, ह्युमपाइप कल्भर्ट लगायतका संरचना निर्माण हुने गरी ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा–ग्रीन तारा जेभीले ठेक्का सकारेको हो ।

बागमती प्रदेश सरकारले आयोजनाको लागि गत आर्थिक बर्षमा नै ९४ करोड ६९ लाख श्रोत सुनिस्चित गरेको छ । चालु आर्थिक बर्षको लागी ७ करोड बिनियोजन भएको छ ।

शिलान्यास कार्यक्रममा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति : शनिबार, २०८० मंसिर ३०, १७ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट