Techie IT
Hetauda Khabar

मकवानपुरको भीमफेदी गाँउपालिकामा कोदो उत्पादनमा वृद्धि


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा रैथाने बाली कोदो उत्पादनमा वृद्धि भएको छ। किसानको मेहनत र गाउँपालिकाको सहयोगले यस क्षेत्रमा कोदो खेती बढेको हो।

गाउँपालिकाले कोदो खेती गर्ने किसानलाई विभिन्न प्रोत्साहन कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन्। हालै गाउँपालिकाको वडा नं. ३ का कोदो खेती गर्ने किसानलाई नगद अनुदान वितरण गरिएको छ।

गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार यस्ता कार्यक्रमलाई थप प्राथमिकता दिइएको छ। नगद प्रोत्साहनका कारण गाउँपालिकामा कोदो खेती र उत्पादन बढेको उनको भनाइ छ।

गाउँपालिकाको १६०० रोपनीमा २६६ किसान परिवारले कोदो लगाएका छन्। यसबाट १०० मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा पालिकाले २० लाखको कोदो उत्पादन अनुदान कार्यक्रम सञ्चालन गरेको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट