Techie IT
  • १८ वैशाख २०८३, शुक्रबार
Hetauda Khabar
  • १८ वैशाख २०८३, शुक्रबार

मकवानपुरको भीमफेदी गाँउपालिकामा कोदो उत्पादनमा वृद्धि


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा रैथाने बाली कोदो उत्पादनमा वृद्धि भएको छ। किसानको मेहनत र गाउँपालिकाको सहयोगले यस क्षेत्रमा कोदो खेती बढेको हो।

ADVERTISEMENT

गाउँपालिकाले कोदो खेती गर्ने किसानलाई विभिन्न प्रोत्साहन कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन्। हालै गाउँपालिकाको वडा नं. ३ का कोदो खेती गर्ने किसानलाई नगद अनुदान वितरण गरिएको छ।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार यस्ता कार्यक्रमलाई थप प्राथमिकता दिइएको छ। नगद प्रोत्साहनका कारण गाउँपालिकामा कोदो खेती र उत्पादन बढेको उनको भनाइ छ।

गाउँपालिकाको १६०० रोपनीमा २६६ किसान परिवारले कोदो लगाएका छन्। यसबाट १०० मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा पालिकाले २० लाखको कोदो उत्पादन अनुदान कार्यक्रम सञ्चालन गरेको छ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर २९, १२ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट