Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

हेटौंडाको थानाभर्‍याङबाट दुई महिला पक्राउ


मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङबाट दुई महिलालाई १४ किलो ९०० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेमा ताप्लेजुङ घर भएकी सर्लाही मलंगवा नगरपालिका वडा नं. ४ मा डेरा गरी बस्ने ३० वर्षीया मनिषा लिम्बु र ३९ वर्षीया शान्ति लिम्बु रहेका छन्।

ADVERTISEMENT

यी दुई महिला काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बसबाट पक्राउ परेका हुन्। उनीहरूले दुईवटा कालो झोला लिएर हेटौडा उपमहानगरपालिका वडा नं. १९ को नेवारपानीबाट उक्त बसमा चढेका थिए।

थानाभर्याङस्थित अस्थायी प्रहरी पोस्टको टोलीले चेकजाँच गर्दा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो। अहिले दुवै महिला प्रहरी नियन्त्रणमा रहेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० मंसिर २६, १२ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट