Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित


फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०सँग नेपाल पराजित भएको छ। गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो।

ADVERTISEMENT

युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए। युएईले चारै गोल पहिलो हाफमा गरेको हो। दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो। पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो। खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए।

ADVERTISEMENT

यस्तै खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो। उक्त गोल अली मखबूटले गरेका थिए। यस्तै खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे। युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले चौथो गोल गरे।

दोस्रो हाफमा भने युएईले आक्रमक खेल खेले पनि गोल गर्न भने सकेन। युएईका खेलाडीको पटक पटकको प्रयास नेपाली खेलाडीले विफल पारे। युएईसितको खेलमा अन्जन राई, छिरिङ लामा र योगेश गुरुङले डेब्यू गरेका थिए। नेपालले छनोटअन्तर्गत आफ्नो दोस्रो खेल यही मङ्सिर ५ गते यमनविरुद्ध दशरथ रङ्गशालामा खेल्नेछ। लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर १, ०८ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट