Techie IT
Hetauda Khabar

मकवानपुरगढीबाट हेटौैंडा आइरहेको अटो दुर्घटना, ७ जना घाइते


हेटौंडा । मकवानपुरगढीको दुम्सीडाडाबाट हेटौडातर्फ आइरहेको अटो आफै अनियन्त्रित हुँदा दुर्घटना भएको छ ।

बिहिवार आज ९ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर-७ को दुम्सीडाडा स्थित भित्री कच्ची सडक खण्डमा हेटौडा तर्फ आइरहेको ना २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०/३५ फिट तल खस्दा अटोमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते भएका ४ जनालाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार २ जनालाई थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ । जसमा मकवानपुर गढी-७ सुकौरा बस्ने बर्ष २३ की मनिता मोक्तान र उनको २ महिनाको छोरी जानुका जिम्बालाई थप उपचारको लागि चितवन पठाइएको हो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट