Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

नवोदय शिशु सदनको सप्ताहाव्यापि खेलकुद प्रतियोगिता क्याम्पा चौरमा सुरु


नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको सप्ताहाव्यापि खेलकुद प्रतियोगिता सुरु भएको छ हेटौंडा-५ स्थित क्याम्पा चौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाल एथ्लेटिक्स सङ्घका केन्द्रीय सदस्य प्रभाकर पाण्डेले गरेका हुन् ।

ADVERTISEMENT

खेलको उद्घाटनको क्रममा पाण्डेले एथ्लेटिक्स खेलबाटै नै राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय खेलाडीको करियर सुरु हुने बताए । उनले एथ्लेटिक्स खेलबाटै नै खेलाडीहरुले अहिले विश्वकप फुटबल खेल खेलिरहेको बताए ।

ADVERTISEMENT

सप्ताहाव्यापि खेलकुद कार्यक्रमका संयोजक रोशिक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा नवोदय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले शरीरलाई तन्दुरुस्त बनाउनका निम्ति खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए ।

नवोदय शिशु सदनमा सञ्चालन भएको स्काउट कार्यक्रम नवीन कार्यक्रम भएकाले विद्यालयले गरिने हरेक क्रियाकलापहरु नयाँ हुने गरेको उनले बताए । समाज रुपान्तरणका लागि स्काउटले महत्वपूर्ण निर्वाह गर्नेमा उनले जोड दिएका थिए ।

ADVERTISEMENT

नवोदय स्काउटका विद्यार्थीहरुलाई क्याम्पा मिनी रङ्गशालामा मार्चपाससमेत गरेका थिए । कक्षा ४ देखि १० सम्मका अध्ययनरत विद्यार्थीहरु धौलागिरि सदन, सगरमाथा, कञ्चनजङ्घा र अन्नपूर्ण सदनमा विभाजन भएका विद्यार्थीहरुले खेलकुद प्रतियोगितामा भाग लिएका थिए ।

सप्ताहाव्यापि खेलकुद कार्यक्रम अन्तर्गत क्याम्पा मिनी रङ्गशालामा दौड प्रतियोगिता, टक अफ वार, स्पोन दौड लगायतका प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछन् भने फुटबल, भलिबल, क्रिकेटलगायतका खेल सम्पन्न भइसकेका छन् । नवोदय विद्यालयका सहप्रधानाध्यापक दुर्गा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । खेल २ दिनसम्म क्याम्पा चौरमा हुनेछ ।


प्रकाशित मिति : बिहिबार, २०७९ मंसिर २९, १८ :४७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट