Techie IT
Hetauda Khabar

बागमती गोल्डकप : मछिन्द्रको विजयी सुरुवात


हेटौंडा । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा मंगलबारदेखि छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा मछिन्द्र क्लबले विजयी सुरुवात गरेको छ । बागमती–८ स्थित जनता माविको खेलमैदानमा भएको खेलमा सर्लाहीको बागमती युथ क्लबलाई ५–२ गोलले हराउँदै मछिन्द्र
ले विजयी सुरुवात गरेको हो ।

मछिन्द्रको जीतमा हिसुव थपलियाले खेलको ३० औं सेकेन्डमा विमल घर्ती मगरको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे ।

यस्तै अभिषेक गुरुङले खेलको ४३ औं मिनेटमा, विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले ५६ औं मिनेटमा, सौरव लिम्बुले ७९ औं मिनेटमा र विमल घर्ती मगरले ८६ औं मिनेटमा एक–एक गोल गरे ।

खेलको म्यान अफ द म्याच घर्ती घोषित भए । उनले दुई असिष्ट पनि गरे । उनले १० हजार रुपैयाँ प्राप्त गरे । बागमतीको तर्फबाट खेलको सुजन चौधरीले ८१ औं मिनेटमा र सुजन गौतमले खेलको ८३ औं मिनेटमा गोल गरे ।

विजयी मछिन्द्रले क्वाटरफाइनलमा फाल्गुन ५ गते जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत बुधबार आयोजक बागमती खेलकुद विकास समिती र ए डिभिजन क्लब हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेतासमेत हो ।

प्रतियोगितामा आयोजक बागमतीसहित तीन मोफसल र ७ वडा ए डिभिजन क्लबहरुको सहभागिता रहेको छ । नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेलमा आगामी फाल्गुन १० गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


क्याटेगोरी : खेलकुद, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट