Techie IT
  • १० चैत्र २०८२, मंगलबार
Hetauda Khabar
  • १० चैत्र २०८२, मंगलबार

सहिदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्छ : बागमती प्रदेश प्रमुख शर्मा


हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहिदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्ने बताएका छन् ।

ADVERTISEMENT

मंगलबार माघ १६ मा सहिद दिवसको सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिनुहुने वीर शहिदहरुलाई एक दिन मात्र सम्झिएर उनिहरुले देखेको सपना साकार पार्न नसकिने बताए । ‘सहिदहरुका सपना साकार पार्न र उहाँहरुले देखाउनुभएको मार्गमा हिड्नका लागि प्रण गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनुपर्दछ । ’ प्रमुख शर्माले भने ।

ADVERTISEMENT

नेपालका वीर सपुतहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेको दिन उनिहरुको बलिदानको सम्मानमा सहिद दिवस मनाउँदै आइएको उल्लेख गर्दै प्रमुख शर्माले हामीले प्राप्त गरेका उपलब्धिहरु वीर सपुतहरुकै बलिदानबाट सम्भव भएको बताए ।

‘राष्ट्र,राष्ट्रियता,स्वतन्त्रता,समानता,नागरिक हक अधिकारको रक्षा लगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछु ।’ प्रमुख शर्माले भनेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० माघ १६, ०८ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट