Techie IT
Hetauda Khabar

हेटौंडामा रहेको ज्योति माबिमा ४ कोठे भवनको शिलान्यास


हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका–१८ मा रहेको ज्योति माध्यमिक बिद्यालय (प्राबिधिक शिक्षालय) को ४ कोठे भवनको शिलान्यास गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण हुने भवनको बुधवार उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले शिलान्यास गरेकी हुन् । चालु आर्थिक बर्षको बजेटमा समाबेस रहेको बिद्यालय भवनको निर्माणका लागि करिब १ करोड रुपियाँ लाग्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिए ।

भवनको शिलान्यास गर्दै नगर प्रमुख लामाले शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगर लागिरहेको बताइन् । उनले शैक्षिक सुधारका लागि उपमहानगरले नयाँ कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिइन् ।

आगामि आर्थिक बर्षलाई शैक्षिक बर्षको रुपमा मनाउँने तयारीमा उपमहानगर रहेको भन्दै बिद्यार्थिलाई गुणस्तरीय शिक्षा दिने काममा अभिभाबक र शिक्षकको भूमिका महत्वपुण हुने बताइन् ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिलकुमार बानियाँ, बिद्यालयका प्रधानाध्यापक जयराम थापा सहित स्थानिय संघ सस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट