Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरको झुरझुरे भिडन्तको १८ वर्ष


हेटौँडा । माओवादी जनयुद्धका क्रममा भएको मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरे घटनाको १८ वर्ष पुरा भएको छ । सो अवसरमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको उपस्थितिमा पूर्व पीएलएको भेला कार्यक्रम आयोजना गरिएको थियो ।

ADVERTISEMENT

माओवादी सशस्त्र द्वन्द्वकालमा भएको सो युद्धलाई अन्तिम युद्धको रूपमा पनि लिने गरिन्छ । बागमती गाउँपालिकाको अध्यक्ष पदमा २ पटक निर्वाचित भएका माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घलानको योजनामा झुरझुरेलाई युद्ध पार्कको रूपमा विकास गर्ने कार्य भइरहेको छ।

ADVERTISEMENT

 

३५ जनाले ज्यान गुमाएको झुरझुरे भिडन्त माओवादीले गरेको एकतर्फी युद्धविराम भंग भएपछिको ठुलो भिडन्त हो। १८ वर्ष अगाडि माघ ८ गतेको राति झुरझुरेबासीका लागि दुखद् बन्यो। २०६२ माघ ८ को राति मकवानपुरको पूर्वी क्षेत्रमा रहेको तत्कालीन फापरबारी गाविसमा रहेको झुरझुरेमा भएको युद्धमा ३५ जनाले ज्यान गुमाए। शाही नेपाली सेना र माओवादीबीच भएको दोहोरो भिडन्तमा माओवादीतर्फ २६, सेनातर्फ ६ र सर्वसाधारणतर्फ ३ गरी ३५ जनाको मृत्यु भयो।

ADVERTISEMENT

भिडन्तमा माओवादीतर्फ २४ पुरुष, २ महिला सहित २६ जनाको मृत्यु भयो भने सुरक्षाकर्मीतर्फ ५ सैनिक र १ प्रहरी गरी ६ जना गुमाए। फापरबारी-१ का ८३ वर्षीय प्रतापसिंह बजू र ३४ वर्षीय मानबहादुर बजू लुक्ने क्रममा सुरक्षाकर्मीद्वारा गोली लागेर मारिए। लम्कनाका ४ वर्षीय रेशमबहादुर भोलान आफ्नै घरमा सुतिरहँदा बम प्रहारबाट मारिए।


प्रकाशित मिति : मङ्लबार, २०८० माघ ९, १३ :३९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट