Techie IT
Hetauda Khabar

पदमपोखरी अस्पतालको उद्घाटन


हेटौंडा । हेटौंडा-१३ पदमपोखरीमा ‘पदमपोखरी अस्पताल’ को उद्घाटन भएको छ । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले शनिवार एक कार्यक्रमकबीच अस्पतालको उद्घाटन गरेकी हुन् ।

विगत केहि दिनदेखि अनौपचारिक रुपमा सेवा प्रारम्भ गरेको अस्पतालले अबदेखि चिकित्सक सहितको सेवा दिने जनाइएको छ । अस्पतालले आजै निशुल्क स्वास्थ्य शिविरसमेत सम्पन्न गरेको छ । शिविरमा ४ सय ३७ जना बिरामीहरुले स्वास्थ्य परीक्षण गराएको हेटौंडा उपमहानगरपालिका वडा नं। १३ का वडा अध्यक्ष पेम्बा लामाले जानकारी दिए।

सामाजिक संस्था कोशिशको सहयोगमा आयोजित शिविरमा हेटौंडा अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल तथा पदमपोखरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको अस्पतालका सिनियर अहेब शेर बहादुर घलानले जानकारी दिए । शिविरमा ६ सय ८ जनाको आँखा परीक्षण गरिएकोमा ५१ जनामा मोतियाविन्दु देखिएको कोशिश कि सामाजिक अभियानकर्ता प्रेणम वाइबाले जानकारी दिइन् ।

मोतियाविन्दु देखिएका बिरामीहरुको हेटौंडा आँखा अस्पतालले निशुल्क शल्यक्रिया गर्ने उनले बताइन् । शिविरमा ८ जना ओठ तथा तालु फाटेका बिरामीहरुले परीक्षण गराएको र उनीहरुको काठमाण्डौं स्थित बयोदा अस्पतालमा निशुल्क उपचार हुने अस्पतालले जनाएको छ । शिविरमा २३ जनाले मानसिक समस्याको परीक्षण गराएको थियो ।

शिविरमा हेटौंडा अस्पतालका मानसिक रोग विशेषज्ञ डा. उद्वव लामा, मेडिकल अधिकृत डा. करुणा ब्लोन, पदमपोखरी अस्पतालका डा. निशान अर्याल, हेटौंडा आँखा अस्पताल लगायतले स्वास्थ्य परीक्षण गरेका थिए।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट