Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मुद्रण संघको तेस्रो साधारणसभा,छपाईको काम जिल्ला बाहिर जादा समस्या


हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको बिभिन्न मन्त्रालयको ठूला ठूला छपाईका कामहरु काठमाडौंंका उद्योगले गरेपछि जिल्लाका उद्योगी हरु समस्यामा परेको बताईएको छ ।

ADVERTISEMENT

हेटौंडामा आयोजित मकवानपुर मुद्रण उद्योग संघको तेस्रो साधारणसभा उद्घाटन गर्दै नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रीय सदस्य इन्द्र नेपालले हेटौंडाका कामहरु अन्यत्र जिल्लामा गएपछि मकवानपुरका मुद्रण व्यवसायीहरू चिन्तित भएको बताएका हुन् ।

ADVERTISEMENT

मकवानपुर जिल्लामा क्षमतावान व्यवसायी तथा स्तरीय छपाईका काम हुंदा हु“दै पनि यहा“को सरकारी कार्यालयहरू तथा निजी क्षेत्रले बाहिर काम लैजानु निकै दुःखद् पक्ष भएको उनले बताए । केन्द्रीय सदस्य नेपालले उद्योग नै नभएका र सप्लायर्स फर्महरूले पनि छपाईको काम लिएर अन्यत्र जिल्लामा लैजांदा मकवानपुरका मुद्रण व्यवसायी मर्कामा पर्दै गएको बताए ।

संघ अध्यक्ष राजु नेपालको अध्यक्षतामा भएको सभाले सचिव पुरूषोत्तम ढकाल र कोषाध्यक्ष शंकरगोपाल खड्कीद्वारा प्रश्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गर्नुका साथै संघको वार्षिक कार्ययोजना बनाउन कार्यशाला गोष्ठी गर्ने, मुद्रण व्यवसायीको लागत संकलन गर्ने, प्रत्यक्ष रोजगारीको सिर्जनाको डाटा संकलन गर्ने, मुद्रण उद्योगले राजश्वमा पु¥याएको योगदानको सर्भे गर्नेलगायतको निर्णय गरेको अध्यक्ष नेपालले बताए ।

ADVERTISEMENT

सभामा संघ सदस्य एवम् हेटौंडा १ नं वडा अध्यक्ष सविन न्यौपाने, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, संस्थापक अध्यक्ष गोकर्ण सुवेदी, निवर्तमान अध्यक्ष अजीव भट्टराई, पुर्वउपाध्यक्ष गोपाल कार्कीलगायतले मुद्रण उद्योगहरु दिनप्रतिदिन धरासायी हुदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।


प्रकाशित मिति : आइतवार, २०८० माघ ७, ०७ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट