Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

ईन्द्रसरोवरमा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ


हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपलिकामा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ गरिएको छ । बिहिवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाद्धारा संयुक्त रुपमा सञ्चालित केन्द्रको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।

ADVERTISEMENT

उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आयुर्वेदको विकास तथा विस्तार वैज्ञानिक प्रयोग रहेकोले आरोग्य सेवा केन्द्र स्थापना गर्नका लागि इन्द्रसरोवर गाउँपालिका मकवानपुरको प्रयास उदाहरणीय भएको र अन्य स्थानीय तहमा समेत आरोग्य सेवा केन्द्रको विकास तथा विस्तार गर्नुपर्ने बताए ।

ADVERTISEMENT

गाउँपालिकाको सर्वाङ्गीण क्षेत्रको विकासका साथै विशेष शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा आफ्नो ध्यान केन्द्रित रहेको र इन्द्रसरोवरमा आरोग्य सेवा केन्द्रको स्थापना स्वास्थ्य क्षेत्रको विकासको लागि थप प्रयास रहेको गाउँपालिका अध्यक्ष पुडासैनीले बताए । साथै उक्त आरोग्य केन्द्रबाट निरन्तर सेवा प्रवाह गर्नका लागि गाउँपालिकाबाट एक जना वैद्यको व्यवस्था गरिएको र आगामी दिनमा आरोग्य केन्द्रलाई क्रमिक रुपमा स्रोत र साधनले सम्पन्न बनाउँदै अकुपन्चर सम्मको सेवा प्रवाह गरिने समेत गाउँपालिका अध्यक्षको भनाई छ।

उक्त कार्यक्रममा उपस्थित करिब १२८ जना नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा र निःशुल्क औषधि वितरण समेत गरिएको थियो।

ADVERTISEMENT

कार्यक्रममा संविधान सभा सदस्य माननीय अनन्त पौडेल, इन्द्रसरोवर गाउँपालिकाका गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा, इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका संयोजक चिरञ्जीवी चुडाल, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री शंकर उपाध्याय, आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरकी कार्यालय प्रमुख डा। ललिता पाण्डे, डा। रमेश चौधरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, गाउँपालिकाका वडाध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम जिल्ला आयुर्वेद केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईंको अध्यक्षतामा भएको हो।


प्रकाशित मिति : शुक्रबार, २०८० माघ ५, ०८ :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट