Techie IT
Hetauda Khabar

हेटौंडाको मानव सेवा आश्रममा बस्दै आएका २ जनाको मृत्यु


हेटौंडा । मकवानपुरको हेटौंडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको छ।

विंस २०७६ मा बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र गत असार २७ गते मकवानपुरको बकैया-३ हात्तिसुँडेस्थित बाटोबाट वेवारिसे अवस्थामा उद्धार गरी ल्याइएको २५ वर्षीय अमित विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूजाको गत मंगलबार र अमितको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको मृत्यु कालगतिले भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट