हेटौंडा ११ मा डल तथा कुशन बनाउने तालिम सम्पन्न
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सागरपथमा सञ्चालन गरिएको १५ दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न भएको छ ।
सागर पथ टोल बिकास संस्थाको आयोजनामा भएको तालिममा ३२ जनाले भाग लिएका थिए ।
तालिममा सहभागीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा , वडाध्यक्ष जुना दाहाल ले प्रमाण पत्र बितरण गर्नु भएको थियो । तालिममा पदममाया हटुवालले प्रशिक्षण दिनुभएको थियो ।
प्रकाशित मिति : आइतवार, २०८० असार १०, २० :४१ बजे





















प्रतिक्रिया