Techie IT
Hetauda Khabar

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १२६ पुग्यो, २०० जना अझै बेपत्ता


जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पका कारण २ सय अझै बेपत्ता छन् । सो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो जानकारी अनुसार विनाशकारी भूकम्पपछि मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।

राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् । अल जजीराका अनुसार अनुसार जापानले झन्डै ८ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ ।

भग्नावशेषमा आफ्ना प्रियजनलाई खोज्ने धेरै मानिस छन् । अधिकारीहरूले शनिबार भनेका छन् कि २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् ।एजेन्सी ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट