Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

कोरियाका विपक्षी नेता म्युङमाथि पत्रकार सम्मेलनमै चक्कु प्रहार


दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङको घाँटीमा चक्कु प्रहार गरिएको छ । पत्रकार सम्मेलन गरिरहँदा उनीमाथि यो आक्रमण भएको हो ।

ADVERTISEMENT

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा आक्रमण गरिएको थियो।

ADVERTISEMENT

जे–म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमण गर्दै थिए, जब एक अज्ञात व्यक्तिले पत्रकार सम्मेलनको क्रममा उनको घाँटीको देब्रे भागमा हतियारले आक्रमण गरे।

योनहापका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। दक्षिण कोरियाली मिडियाले शेयर गरेको तस्बिरका अनुसार ली जे म्युङ घाइते अवस्थामा भुइँमा लडिरहेको देखिन्छ । उनको वरिपरि भीड थियो, रक्तस्राव रोक्न उनको घाँटीमा रुमाल राखिएको थियो।

ADVERTISEMENT

दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ । २०२२ को निर्वाचनमा जनशक्ति पार्टी विजयी भएको थियो ।

त्यसपछि ली जे म्युङ पनि राष्ट्रपतिको दौडमा थिए। यसै वर्ष हुन लागेको निर्वाचनमा पनि उनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिएको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८० पुस १७, ११ :०१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट