Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

किन गरियो भारतमा ९२ सांसद निलम्बन ? इतिहासकै पहिलो घटना


भारतमा एकै दिन ७८ जना विपक्षी सांसदको पद निलम्बन भएको छ । संसद्को तल्लो सदन लोकसभाका ३३ र राज्यसभाका ४५ सांसदलाई सभा सञ्चालनमा अवरोध पुर्‍याएको भन्दै सोमबार निलम्बित गरिएको हो ।

ADVERTISEMENT

यसमध्ये ६४ जनालाई शीतकालीन सत्रको बाँकी अवधिसम्मका लागि र ११ सांसदलाई विशेषाधिकार समितिको प्रतिवेदन आउँदासम्मको अवधिका लागि निलम्बित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ADVERTISEMENT

गत साता लोकसभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभाकक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै सोमबार विपक्षी सांसदले दुवै सदनमा विरोध गरेका थिए । सोहि विषयलाई लिएर उनीहरुलाई निलम्बित गरिएको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० पुस ३, ०७ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट