Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

बिराट कोहली भए छोराका बाउ, अनुष्काले जन्माइन दोस्रो सन्तान


मुम्बइ, ९ फागुन । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले छोरालाई जन्म दिएका छन् ।

ADVERTISEMENT

 

ADVERTISEMENT

मंगलबार साँझ अनुष्काले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरा अकायको जन्म भएको घोषणा गरेकी थिइन्। अनुष्काले इन्स्टाग्राममा एक नोट सेयर गरेकी छिन्, जसमा फेब्रुअरी १५ मा सो बच्चाको जन्म भएको खुलासा गरिएको छ ।

 

ADVERTISEMENT

उनको नोटमा लेखिएको थियो, ‘प्रचुर खुशी र हाम्रो मायाले भरिएको हृदयका साथ, हामी सबैलाई यो जानकारी गराउन पाउँदा खुसी छौं कि फेब्रुअरी १५ मा हामीले हाम्रो बच्चा अकाय र वामिकाको सानो भाइलाई यस संसारमा स्वागत गर्यौं । हामी हाम्रो जीवनको यो सुन्दर समयमा तपाईंको आशीर्वाद र शुभकामना चाहन्छौं। हामी तपाईंलाई यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं। प्रेम र कृतज्ञता, विराट र अनुष्का।’

 

वलिउडका हस्तीहरू रणवीर सिंह, वाणी कपूर र अन्य धेरै सेलिब्रेटीहरूले पोस्टको कमेन्ट सेक्सनमा नयाँ अभिभावकलाई बधाई दिएका छन ।

विराट कोहली र अनुष्का शर्माले आफ्नो गर्भावस्थाको खबर गोप्य राखेका छन् । पहिलो पटकको विपरीत दम्पतीले आफ्नो आनन्द घोषणा गर्न पर्खिरहेका थिए।

 

दम्पतीले जनवरी २०२१ मा छोरी वामिकालाई स्वागत गरेका थिए । विराट र अनुष्काले धेरै वर्ष एक अर्कालाई डेट गरेपछि २०१७ मा विवाह गरेका हुन ।


प्रकाशित मिति : बुधबार, २०८० फाल्गुन ९, ०८ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट