Techie IT
  • ३ फागुन २०८२, आईतबार
Hetauda Khabar
  • ३ फागुन २०८२, आईतबार

नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा


हेटौंडा, २६ माघ । नेपाल रिपब्लिक मिडियाले लिमिटेडले घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ खुद घाटा अर्थात ४४.८८ प्रतिशतले घटेको हो ।

ADVERTISEMENT

यस कम्पनीले गत वर्षको यसैअवधिमा ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन आम्दानी १५ करोड ७९ लाखबाट घटेर ८ करोड ७० लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च २ करोड ९१ लाखबाट घटेर १ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

मिडियाको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको र यसको  रिटेन्ड अर्निङमा ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४४  पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ८७ रुपैयाँ ९३ पैसा छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० माघ २६, ११ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट