Techie IT
Hetauda Khabar

सुनको भाउमा फेरि नयाँ रेकर्ड : कति पुग्यो तोलामा ?


लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार मात्रै मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट