Techie IT
Hetauda Khabar

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा आज पहेँलो धातु सुन हालसम्मकै उच्च मुल्यमा कारोबार भइरहेको छ । दिन दिनै नयाँ रेकर्ड कायम गर्दै आएको सुनको भाउ आज पनि बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

सोमबार प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तीन सयले बढेर १ लाख १७ हजार ७ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ। आज चाँदी तोलको १५ सय रुपैयामा कारोबार भइरहेको छ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट