Techie IT
  • ३ चैत्र २०८२, मंगलबार
Hetauda Khabar
  • ३ चैत्र २०८२, मंगलबार

हेटौंडामा स्वतन्त्र भनिएका ‘लौरो’ चिन्हका उम्मेदवारको घरौटी जफत


मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिएका मकवानपुरका हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुको धरौटी (जमानत) जफत भएको छ ।

ADVERTISEMENT

मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा र प्रदेशतर्फका तिनैजना उम्मेदवारको जमानत जफत भएको हो । कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका दिपेन्द्र चन्द ठकुरी, प्रदेशसभा तर्फ १ को ‘क’ का किशोर राना र ‘ख’का किशोर अर्यालको जमानत जफत भएको हो ।

ADVERTISEMENT

निर्वाचन हुनुपूर्व आफु कुनैपनि पार्टीको नभएको भन्दै स्वतन्त्र लौरो अभियानका नाममा प्रचारप्रसार गरेका हाम्रो नेपाली पार्टीका उम्मेदवारले जमानतसमेत जोगाउन सकेनन् । कूल खसेको सदर मतको १० प्रतिशत हिस्सा प्राप्त गर्न नसक्ने उम्मेदवारको कानुन बमोजिम जमानत जफत हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’

ADVERTISEMENT

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ।

मकवानपुर क्षेत्र नम्बर १ मा कूल ९१ हजार ४८६ मत खसेकोमा जम्मा सदर मत ९१ हजार १०९ रहेको थियो जसमा लौरो चिन्हका उम्मेदवार ठकुरीले जम्मा ४२२ मत प्राप्त गरे । उनीसंगै मकवानपुरका अन्य पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ ।


प्रकाशित मिति : आइतवार, २०७९ मंसिर ११, १४ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट