Techie IT
  • २४ फागुन २०८२, आईतबार
Hetauda Khabar
  • २४ फागुन २०८२, आईतबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - अन्तिम परिणाम
Result Published
--:--:--

प्रतिनिधिसभा निर्वाचन २०८२

मकवानपुर जिल्ला: अन्तिम मत परिणाम
मकवानपुर क्षेत्र नम्बर १ गणना सम्पन्न ✅
लोड हुँदै...
मकवानपुर क्षेत्र नम्बर २ गणना सम्पन्न ✅
लोड हुँदै...
hetaudakhabar.com
ताजा र आधिकारिक निर्वाचन अपडेटको लागि
⚙️

Admin Login

‘कम्युनिस्टको गढ’ मकवानपुर २ मा रास्वपाको कब्जा, प्रशान्त उप्रेती विजयी


कम्युनिस्ट पार्टीको गढ मानिने मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ।

ADVERTISEMENT

उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै ११ हजार १ सय १ मतान्तरले विजय हासिल गर्नुभएको हो । आइतबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले का महेश वर्तौला ले १८ हजार ८ सय ४६ मत प्राप्त गर्नुभयो।

ADVERTISEMENT

नेपाली काँग्रेस का बुद्ध लामा ले १५ हजार ५६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी का लवशेर विष्ट ले १२ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएको छ । ६२ वडा रहेको यस क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेको थियो ।

२०४६ सालको जनआन्दोलनपछि २०४८ सालदेखि यस क्षेत्रमा भएका निर्वाचनहरूमा कम्युनिस्ट उम्मेदवारहरू नै लगातार विजयी हुँदै आएका थिए। २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका थिए ।

ADVERTISEMENT

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का उम्मेदवार विजयी भएका थिए भने २०७० सालको संविधानसभा निर्वाचनमा पुनः एमालेकै उम्मेदवार विजयी भएका थिए ।

संघीयता कार्यान्वयनपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै उम्मेदवार विजयी भएका थिए। त्यसैगरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महेश वर्तौला विजयी हुनुभएको थियो।

प्रतिनिधिसभा सदस्य उम्मेदवार मध्य उप्रेती सबै भन्दा कान्छा उम्मेदवार हुन् ।


प्रकाशित मिति : आइतवार, २०८२ फाल्गुन २४, ०९ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट