Techie IT
  • २० फागुन २०८२, बुधबार
Hetauda Khabar
  • २० फागुन २०८२, बुधबार

गौतम समाज मकवानपुरको सातौँ जिल्ला अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन


गौतम समाज मकवानपुरको सातौँ जिल्ला अधिवेशन हेटौँडामा सम्पन्न भएको छ।

ADVERTISEMENT

अधिवेशन समाजका अध्यक्ष भूमिनन्द गौतमको सभाध्यक्षतामा तथा गौतम बन्धु राष्ट्रिय समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

ADVERTISEMENT

अधिवेशनले समाजका गतिविधि, प्रगति तथा भावी योजनामाथि छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। सो अवसरमा अत्रिअनुशाय ऋषिको मन्दिर निर्माणका लागि १४.५ धुर जग्गा निःशुल्क रजिष्ट्रेसन पास गरिदिने हेटौँडा–१६ निवासी कुबेर गौतम दम्पतीलाई विशेष सम्मान गरिएको छ। साथै, आफ्नो कार्यकालमा उल्लेखनीय योगदान पुर्‍याउने समाजका पूर्व अध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा समाजलाई रु ३०,००० आर्थिक सहयोग प्रदान गर्ने अधिवक्ता धननाथ गौतमलाई सम्मान गरिएको छ भने समाजको उन्नतिमा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई पनि कदरस्वरूप सम्मान गरिएको थियो। अधिवेशनका क्रममा समाजको वार्षिक आर्थिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो।

ADVERTISEMENT

कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष केदार गौतम, महासचिव पोष्ट राज गौतम लगायतले मन्तव्य राख्दै समाजको एकता, विकास र भावी योजनाबारे विचार व्यक्त गर्नुभएको थियो। केन्द्रीय तहबाट आमन्त्रणमा सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा भूमिनन्द गौतमको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्षमा विजय गौतम र रिना गौतम, महासचिवमा राजु गौतम, सचिवमा प्रहलाद गौतम तथा कोषाध्यक्षमा सरस्वती गौतम चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले समाजलाई थप सशक्त, संगठित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रकाशित मिति : शनिबार, २०८२ पुस १९, २० :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट