Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

हेटौंडाका औषधि व्यवसायी पसल बन्द गरेर धर्नामा


हेटौंडाका औषधि व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

ADVERTISEMENT

सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टाको लागि औषधि पसल बन्द गरेर उनीहरु धर्नामा बसेका छन् । हेटौंडा-१० स्थित औषधि व्यवसायी संघको कार्यालय परिसरमा व्यवसायीहरु धर्नामा बसेका छन् । संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै व्यवसायीले आन्दोलन विभिन्न कार्यक्रम गरिरहेका छन् ।

ADVERTISEMENT

औषधि ऐन २०३५ को संशोधनमा राखिएका प्रावधान अव्यावहारिक र अन्यायपूर्ण भएकाले तत्काल खारेजीको माग गर्दै औषधि व्यवसायी संघले देशभर आन्दोलनको घोषणा गरेको हो ।

संघले नेपाल राजपत्रमा गत साउन १४ मा प्रकाशित औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ३ संशोधन र उपदफा ५ खारेजीको माग राख्दै संघर्षका कार्यक्रमहरू घोषणा गरेको हो । उक्त दफामा रहेका औषधि पसल/फर्म दर्ता नवीकरण म्याद सकिएको भोलिपल्ट देखि शतप्रतिशत जरिवाना र ३१ औँ दिनमा स्वतः व्यवसाय रद्द हुने प्रावधान राखिएकाले उक्त प्रावधानले व्यवसायीहरूलाई गम्भीर मर्का पारी व्यवसाय नै धरासायी बनाएको भन्दै अव्यावहारिक दफाहरूको संशोधन / खारेजीका लागि आन्दोलनको कार्यक्रम घोषणा गरिएको जनाएको छ ।

ADVERTISEMENT

राज्यको नीति नियमन गर्ने भन्दा पनि व्यवसायीलाई त्रसित बनाएर पलायन गराउने खालको भएको भन्दै संशोधित औषधि ऐन विरुद्ध मकवानपुर जिल्लामा पनि चरणवद्ध विरोध कार्यक्रम गरिरहेको मकवानपुर औषधि व्यवसायी संघका महासचिव भारत कार्कीले बताए । मंगलबार पनि ११ देखि २ बजेसम्म तिन घण्टा औषधि पसल बन्द गरी कार्यस्थलमै सांकेतिक धर्ना दिने कार्यक्रम रहेको उनले बताएका छन् ।


प्रकाशित मिति : सोमवार, २०८२ मंसिर १५, १२ :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट