Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

काठमाडौं कालमोचन घाटमा महानगरले चलायो डोजर


काठमाडौं । काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

ADVERTISEMENT

आइतबार राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीको टोलीपुगेको थियो ।तर प्रहरीसँगको संवादपछि महानगरपछि हटेको हो । तर सोही क्षेत्रमा रहेका अन्य संरचनामा डोजर चलाइएको हो ।

ADVERTISEMENT

प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीटोली त्यहाँ पुगेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
नगरप्रहरी नायव उपरिक्षक पूर्णचन्द्र भट्टले सरकारी जग्‌गामा बिना टेन्डर पसलहरु सञ्चालनमा ल्याइएकोले डोजर चलाएको बताए ।

‘बिना टेन्डर प्रकृया नै पसलरु सञ्चालन गरिएका थिए । सरकारी जग्गामा सानो एउटा खाजा पसल खोल्न त टेन्डर चाहिन्छ । यहाँ चाँही उसै टीका लगाएर दिने हो र ?भट्टी पसल खोलेर बस्नुभएको छ अझ । नीतिगत निर्णय हुनुपर्यो । यहाँ प्रकृया पुर्याएको भए हामी आउनुपर्ने थिएन ।’

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८२ कार्तिक १६, १५ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट