Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मुख्यमन्त्रीका दावेदार बानियाँ मकवानपुरमा निर्वाचित


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर-२ प्रदेश सभा (२) मा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

ADVERTISEMENT

नेकपा एमालेका लालबहादुर थापालाई १ हजार ७८२ मतले पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् । यस क्षेत्रमा ४० हजार ५९९ मत खसेकोमा बानियाँले १८ हजार ७१६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका थापाले १६ हजार ९३४ मत प्राप्त गरे ।

ADVERTISEMENT

बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १९ हजार २४५ मत ल्याएर निर्वाचित भएका थिए । उनीसँग नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका नेकपा एमालेका राजाराम स्याङ्तानलाई १ हजार ४११ मतले पछि पार्दै जित हात पारेका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, १८ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट