Techie IT
  • १३ वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • १३ वैशाख २०८३, आईतबार

युवामा अवसरवादी सोच कहाँबाट पलायो ? नयाँ शिराबाट पार्टी निर्माण गरौँ – पुर्व मुख्यमन्त्री पौडेल


बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सबै पार्टी तथा संगठनहरू नयाँ शिराबाट पुनर्गठन गर्नुपर्ने बताएका छन्।

ADVERTISEMENT

आज उनले सामाजिक सञ्जालमा लेख्दै अब सबै पार्टीहरु पुनर्गठन गरी अघि बढ्नुपर्ने बताएका हुन् । उनले पार्टीका युवाहरुलाई सहज परिस्थितिमा देवत्वकरण गर्ने तर अप्ठ्यारोमा पलाएन हुने अवसरवादी सोच कहाँबाट पलायो ? भन्दै प्रश्न गरेका छन्।

ADVERTISEMENT

उनले लेखेका छन्, ‘प्यारा युवा भाइबहिनीहरू शक्तिमा रहुन्जेल देवत्वकरण गर्ने तर समस्या परेपछि पलाएन हुने यस्ता अवसरवादी सोच कहाँबाट पलायो ? निराशाले हामीलाई काहीँ पुर्‍याउँदैन, सुदृढ एकता आजको आवश्यकता हो’।,

उनले अहिलेको समयमा एकताको आवश्यकता रहेकाले सबै पार्टीहरू पुनर्गठन भएर पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८२ भदौ ३०, १५ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट