Techie IT
  • २१ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २१ फागुन २०८२, बिहीबार
LIVE Election Result
LIVE
मकवानपुर प्रतिनिधि सभा निर्वाचन २०८२
निर्वाचन क्षेत्र १
निर्वाचन क्षेत्र २
🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् • 🟢 मतगणना जारी छ – हामीसँगै रहनुहोस् •

मेयर लामाको माफी पत्रमा प्रतिक्रिया- ‘राजिनामा दिएर घर बस्नुस्’, ‘बोलीले कार्यालय ध्वस्त भो’


गत २३ गते जेन जी आन्दोलन देशभर भयो। हेटौडामा पनि स्कुल कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रिए। आन्दोलन प्रदर्शन गर्ने विद्यार्थीहरू हेटौडा उपमहानगरपालिकाको कार्यालय अगाडि पुगेर नाराबाजी गर्न थाले।

ADVERTISEMENT

नाराबाजी गरेपछि उपमहानगरपालिकाकी मेयर मिना लामा गेट बाहिर निस्किन्। एकैछिन उनले विद्यार्थीको गुनासा पनि गुनासो पनि सुनिन् । त्यतिकैमा मधेसी मुलका एक छात्रले थप गुनासो गर्न थाले । त्यत्तिकैमा मेयर लामाले उनलाई रोकिन् र भनिन् ‘तिमी यहाँको होइन म तिम्रो कुरा सुन्दिन म हेटौंडाको मान्छेको मात्र कुरा सुन्छु’ तिमीले मलाई चिन्या छ?

ADVERTISEMENT

त्यसपछि ती विद्यार्थीको शिर नुग्यो र मेयर प्रति आक्रोश जाग्यो। लगत्तै मेयर लामाको अभिव्यक्तिप्रति थप आक्रोश बढ्दै गयो । एकैछिनमा लामा भित्र पसिन् । उक्त दृश्य कसैले कैद गरिरहेका थिए र उक्त भिडियो सामाजिक सञ्जालमा हालेपछि अचानक भाइरल भयो।

त्यसपछि मेयर लामाप्रति आक्रोश बढ्न थाल्यो। सामाजिक सञ्जालमा विभिन्न गालीका वर्षा हुन थाले। त्यसदिन काठमाडौँमा १९ जनाको निधन भइसकेको थियो। २४ गते बिहानदेखि हेटौडामा थप प्रदर्शन हुन थाल्यो।

ADVERTISEMENT

मेयर लामाको उक्त अभिव्यक्ति प्रति सम्पूर्ण प्रदर्शनकारी आक्रोशित बन्दै हेटौंडा उपमहानगरपालिका गेट अगाडि पुगे। अन्य संरचना जस्तै हेटौडा उपमहानगरपालिका पनि तोडफोड गरियो र आगजनी भयो।

आज हेटौडा उपमहानगरपालिकाको फेसबुक पेज हेल्लो हेटौडा उपमहानगरपालिकामा बिहानै एउटा विज्ञप्ति सार्वजनिक भयो। उक्त विज्ञप्तिमा गत २३ गते जेन्जी आन्दोलनका क्रममा मेयर लामाको अभिव्यक्तिले विद्यार्थीहरूमा चित्त दुखाइ भएकाले माफी मागिएको विज्ञप्ति मेयर लामाको सचिवालयले जारी गर्यो।

‘उक्त दिन विद्यार्थी भाइ बहिनीहरूसँग कुराकानी गर्ने सन्दर्भमा मन दुखेको आभास भएकाले उहाहरुसँग म माफी माग्न चाहन्छु’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘जो कोही मानिसलाई खुसी दिन र देख्न खोज्ने मैले उज्ज्वल भविष्यको कामना गर्दै अभिभावक सम्झेर मसँग गुनासो गर्न आउने विद्यार्थी भाइबहिनीहरूलाई मन दुखाउने काम मबाट कहिले हुँदैन, नियम कानुनको प्रसंग आउँदा मैले गरेका कुराहरुलाई मेरा छोराछोरी जस्ता भाइ बहिनीहरुले गलत ढंगबाट नबुझीदिनुहुन विनम्र अनुरोध गर्दछु’, ।

मेयर लामाले माफी मागेको विज्ञप्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आएका छन्। फेसबुकमा सार्वजनिक उक्त विज्ञप्तिमा सम्पूर्णले विभिन्न प्रतिक्रियाहरू जनाएका छन्।

सम्पूर्ण प्रतिक्रियाहरु आक्रोश र गालीले भरिएको छ । अधिकांशले रङ्गको आधारमा भेदभावलाई प्रोत्साहन गर्ने खालको अभिव्यक्ति भएको भन्दै माफी मागेर मात्र सुख नपाउने प्रतिक्रिया जनाएका छन्।

केहीले मेयरबाट राजीनामा दिएर घर बस्न सुझाएका छन्। केहीले मेयरको बोलीमा लगाम लगाउनुपर्ने बताएका छन् भने केहीले मेयरकै अभिव्यक्तिले उपमहानगरपालिकाको कार्यालय ध्वस्त भएको बताएका छन्।

अधिकांशले मेयर पद छोडेर घरमै बस्न सुझाव दिएका छन्। मेयरले नगर प्रमुखको गरिमा भुलेर विद्यार्थीलाई विभेदपूर्ण अभिव्यक्ति दिई पदीय मर्यादा कायम नराखेको भन्दै उनीमाथि अधिकांशले आक्रोशपूर्ण प्रतिक्रिया जनाएका छन्।

मेयरकै कारण उपमहानगरपालिकाको कार्यालय खरानी हुन पुगेको भन्दै कतिपयले मेयर लामालाई दोष दिएका छन्।


प्रकाशित मिति : आइतवार, २०८२ भदौ २९, २२ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट