हेटौंडाका उपमेयर बानियाँ माथि हातपात, एक व्यक्ति पक्राउ

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियामाथि आक्रमण भएको छ।
हेटौंडा २ स्थित आफ्नै घर अगाडी बसिरहेको बेला एक व्यक्तिले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विस्व खड्काले बताए ।
बानियाँलाई कुटपिट गर्ने व्यक्ति हेटौंडा कै पुरुषोत्तम खड्का भएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उपप्रमुख बानियाँको स्वास्थ्य अवस्था सामान्य छ ।
कुटपिट गर्ने खड्काले २०७९ को निर्वाचन ताका चुनावी कार्यक्रममा नेता विरोध खतिवडालाई समेत कुटपिट गरेका थिए।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया