Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

युवाहरुले प्रदर्शन गरेपछी हेटौंडाको सुरक्षा व्यवस्था थप कडा, ठुलो संख्यामा सेना परिचालन


दिनभर शान्त रहेको हेटौंडा पुनः अशान्त बन्न थालेको छ ।

ADVERTISEMENT

विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले प्रदर्शन गर्न थालेपछी हेटौंडाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

ADVERTISEMENT

राष्ट्रपतिलाई सार्वजनिक गर, संबिधान मास्न पाइदैन जस्ता नारा सहित युवाहरुले प्रदर्शन गरेपछी हेटौंडा बजारको सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

५ बजेपछी केहि चहलपहल बढेको हेटौंडामा प्रहरी र नेपाली सेनाको थप जनशक्ति बढाईएको छ । अहिले नेपाली सेनाले बजारमा कडाइ गरेको छ भने सुरक्षाका लागि सेना सडकमै सुतेर पोजिसनमा बसेको छ ।

ADVERTISEMENT

सर्वसाधारणलाई आवतजावत गर्न सेनाले रोकेको छ ।


प्रकाशित मिति : बिहिबार, २०८२ भदौ २६, १८ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट