मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु जारी, अत्यावश्यक कामको लागि बिहान र साझको समय
अनिश्चितकालिन कर्फ्यु लागेको मकवानपुर जिल्लामा दिनभर निषेधाज्ञा र रातको समयमा कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मको लागि बिहान १० बजेदेखि साझ ५ बजेसम्म निषेधाज्ञा र साझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो ।
प्रशासनले अत्यावश्यक कार्यका लागि बिहान ६ देखि १० बजेसम्म र साझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने जनाएको छ ।
निषेधाज्ञा तथा कर्फ्युको समयमा पाँच जना भन्दा बढी मानिस भेला वा जम्मा हुन नपाइने प्रशासनको आदेशमा उल्लेख छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स, शववाहन, दमकल, औषधी, खाद्यान्न, इन्धन, दुध र तरकारी तथा पशुपंक्षी दाना ढुवानी गर्ने सवारी साधन भने सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।
त्यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले परिचयपत्र देखाई कार्यस्थलसम्म जान पाउने व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय वा राष्ट्रिय उडानका यात्रुहरूले भने टिकट देखाई सुरक्षाकर्मीको समन्वयमा विमानस्थलसम्म आवतजावत गर्न सक्ने जनाइएको छ।
प्रकाशित मिति : बिहिबार, २०८२ भदौ २६, १२ :४५ बजे




















प्रतिक्रिया