हेटौंडामा जारी कर्फ्यु भोली बिहान १० बजे सम्म थप
आज राती १२ बजे सम्म लगाइएको हेटौंडाको कर्फ्यु भोली बिहान १० बजेसम्मको लागि थपिएको छ ।
हेटौंडा बजारको ४ किल्ला तोकेर दिउसो १ बजेदेखि राती १२ बजेसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । भर्खरै प्रशासनले कर्फ्युको समय थप गरेको हो ।
पूर्वमा सानोपोखरा पुलसम्म, पश्चिममा राति पुलसम्म, उत्तरमा चौकीटोल स्थित अस्थायी प्रहरी पोष्ट सम्म र दक्षिणमा वन विज्ञान अध्ययन संस्थानको गेटसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, २१ :०६ बजे






















प्रतिक्रिया