Techie IT
  • १४ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • १४ फागुन २०८२, बिहीबार

हेटौंडाका कन्सल्टेन्सीहरुलाई ७ दिन भित्र सम्पूर्ण कागजात पेश गर्न प्रशासनको निर्देशन


जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडामा सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरुलाई सात दिनभित्र सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिएको छ।

ADVERTISEMENT

प्रशासनले आज एक सूचना जारी गर्दै एक हप्ताभित्र कन्सल्टेन्सीहरूका अध्यावधिक कागजातहरू उपलब्ध गराउन भनेको हो । प्रशासनले शिक्षा मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट प्राप्त इजाजत पत्र, व्यवसाय दर्ता, कर दाखिलाको विवरण, इजाजत पत्र वा व्यवसायी दर्ता नवीकरणको पत्र, भाषा प्रशिक्षक र परामर्शदाताको विवरण, घरभाडा सम्झौतालगायत सम्पूर्ण विवरणहरू ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन सूचना जारी गरेको हो।

ADVERTISEMENT

प्रशासनले तोकेको समयमा सम्पूर्ण कागजात उपलब्ध नगराएमा वा मापदण्ड पूरा गरेको नपाइएमा कानुन बमोजिम कारबाही गर्ने समेत जनाएको छ।

हेटौडाका अवैध रुपमा सञ्चालित कन्सल्टेन्सीहरूको विषयमा हेटौडा खबरले लगातार समाचार प्रकाशन गरिरहेको छ। बागमती प्रदेशको राजधानी समेत रहेको हेटौडामा अवैधानिक रुपमा सञ्चालित यस्ता इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरूले गैरकानुनी रुपमा विद्यार्थीहरूलाई वैदेशिक भाषा शिक्षाको नाममा मेनपावरको समेत काम गरिरहेका छन् भने, आफू कुनै पनि निकायमा दर्ता नभई विद्यार्थीलाई विभिन्न प्रलोभनमा पार्दै वैदेशिक यात्रामा पठाइरहेका छन्।

ADVERTISEMENT

यहाँका इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरूले बिनादर्ता चर्को शुल्क उठाउँदै विद्यार्थीहरूलाई ठग्दै आइरहेका छन् । अर्कोतर्फ सामाजिक विकास मन्त्रालयलाई नै झुक्याउँदै गलत विवरण पेश गरी अनुमतिपत्र लिइरहेका छन् । मापदण्ड पूरा नगरी परामर्शदाता राखी गलत परामर्शदाताबाट परामर्शको काम गर्ने कन्सल्टेन्सीहरू हेटौडामा छ्यापछ्याप्ती छन्। तर सम्बन्धित निकायले चासो नदिँदा हेटौडाका गल्लीगल्लीमा कन्सल्टेन्सीहरू खुलिरहेका छन्।

हेटौंडाका कन्सल्टेन्सी- परामर्शका नाममा मानव ओसारपसार धन्दा, देखे नदेखे झैँ गर्छ प्रशासन

हेटौंडामा शैक्षिक परामर्शको नाममा गैरकानुनी धन्दा, चितवनले एक्सन लिँदा यहाँ मुकदर्शक बन्यो प्रशासन

हेटौंडाको एक्सपर्ट भिजन कन्सल्टेन्सीको अबैध धन्दा, तत्काल अनुगमन गरी कारवाही गर्ने तयारी 

हेटौंडाको ई स्पट कन्सल्टेन्सी अबैधरुपमा संचालन, राज्यलाई नै झुक्याएर खुलेआम लुट 

 


प्रकाशित मिति : सोमवार, २०८२ भदौ २, १२ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट