अपडेट – युवाहरुलाई थुनेपछि हेटौंडामा प्रदर्शनको तयारी
हेटौंडा अस्पतालको बोर्ड विवादमा मुछिएकालाई प्रहरीले हिरासतमा राखेपछि हेटौंडामा विरोध प्रदर्शनको तयारी थालिएको छ । हेटौंडा अस्पतालको बचाऊ तथा सुधार अभियान संघर्ष समितिको अगुवाइमा केहीबेर पछि हेटौंडाका विभिन्न स्थानमा प्रदर्शनको तयारी थालेको स्रोतले बताएको छ ।
प्रदर्शनमा विभिन्न राजनीतिक दलको समेत आवद्धता रहने बताइएको छ ।
अस्पतालको बोर्डमा प्रतिष्ठानको नाम मेटाइएको घटनामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : बिहिबार, २०८२ बैशाख ४, १७ :४३ बजे


















प्रतिक्रिया