Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने


नवराज सुवेदी तथा दुर्गा प्रसाई समुहको  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ।

ADVERTISEMENT

सुबेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वानसमेत गरेको छ ।

ADVERTISEMENT

संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै  देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन् ।

उनले राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनसमेत विज्ञप्तिमा उल्लेख गरेका छन्  ।

ADVERTISEMENT

सुबेदी समुहले गरिने प्रदर्शनमा कमल थापा नेतृत्वको राप्रपाको समर्थन रहने भए पनि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा भने अझै मौन रहेको छ । सुबेदी नेतृत्वको समितिमा आफु बस्न अस्विकार गरे पनि कमल थापाले भने सो समितिमा पार्टीको प्रतिनिधित्व गराएका छन् ।


प्रकाशित मिति : मङ्लबार, २०८१ चैत्र १२, १३ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट