Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

कमल थापाको प्रस्ताव: एकजुट भई निर्णायक आन्दोलन गरौँ


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजावादीहरू एकजुट हुनु पर्नेमा जोड गरेका छन् ।

ADVERTISEMENT

गत साता भएको राजावादीको प्रदर्शनमा उल्लेखीय उपस्थिति भए पछि उत्साहित राजावादीहरूले आ आफ्नै नेतृत्वमा आन्दोलन चर्काउने कुरा गरिरहेको बेला थापाले भने राजावादीहरू एक ठाउँमा आउने पर्नेमा जोड दिएका हुन् ।

ADVERTISEMENT

उनले पुर्व पञ्चायत प्रमुख नवराज सुबेदीको नेतृत्वमा गोलबन्द हुनु पर्नेमा पनि जोड गरेका छन् । ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति पहिलो पटक सबै पक्षको सहभागितामा नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएको छ,’ उनले भनेका छन्, ‘अनुकूल वातावरण बनिरहेको वर्तमान अवस्थामा अनावश्यक विवाद नगरौँ, एकजुट भई निर्णायक आन्दोलन गरौँ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ चैत्र ७, ११ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट