Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  मंगलबार सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर रेकर्ड मूल्य कायम गरेको हो।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८१ चैत्र ५, ११ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट