Techie IT
  • २२ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • २२ फागुन २०८२, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
ब्रेकिङ
🔑

Admin Login

शिवम् सिमेन्ट उद्योगले राजस्व छलेर चुनढुंगा अन्यत्रै बेचेपछी खानी विभागमा उजुरी


हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगले उत्पादनका लागि भन्दै चुनढुंगा अन्यत्रै ओसारपसार गरेपछी खानी तथा भूगर्भ विभागमा उजुरी परेको छ ।

ADVERTISEMENT

उद्योग संचालनका लागि अनुमति लिएर उद्योगले मकवानपुर गढी गाउँपालिकामा रहेको खोरेटार खानीबाट निकालिएको चुनढुंगा अन्यत्र निकासी गर्ने गरेको छ । यसबारे हेटौंडाखबरमा समाचार प्रकाशित भएको थियो ।

ADVERTISEMENT

उद्योगले दैनिक रुपमा निकासी कर र राज्यलाई बुझाउनु पर्ने राजस्व समेत छलेर खोरेटार खानीबाट उत्खनन भएको चुनढुंगा सिधै हेटौडा औधोगिक क्षेत्रमा रहेको लक्ष्मीलाईन भन्ने पाउडर प्लान्टमा लैजाने गर्छ । ढुवानीकर्ताले मकवानपुरगढी गाउँपालिका ७ बाट ढुवानी गरेको चुनढुंगा शिवम् सिमेन्टको नाममा सामान्य चलान मात्र काटी सिधै औधोगिक क्षेत्रमाको प्लान्टमा निकासी गर्ने गरेको छ । यस विषयमा खानी विभागमा उजुरी समेत परेको छ ।

राजस्व छलेर चुनढुंगा अन्यत्रै गएको थाहा पाए पछी  स्थानीयले केही दिन अघि खानीबाट चुनढुंगा बोकेर आएका टिपरलाई मकवानपुरगढी गाउँपालिका २ सोल्टीमोडमा रोकेका थिए । यस विषयमा विभागमा निवेदन आएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

ADVERTISEMENT

विभागका सूचना अधिकारी नारायण बास्कोटाका अनुसार यो विषयमा विभागले बुझेर आफ्नो प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

बास्कोटाले भने,’ यहाँ निवेदन पनि परेको छ, हामी यो विषयमा प्रक्रिया अघि बढाउछौँ, उद्योगलाई स्पस्टिकरण सोधेर दोषी देखिए जिल्ला प्रशासन मार्फत थप प्रक्रियामा जान्छौं ।

खोरेटार खानीबाट चुनढुंगा बोकेर आउने टिपरले शिवम् सिमेन्टको नाममा चलानी काट्ने गरेको र चुनढुंगा भने औधोगिक क्षेत्रमा रहेको पाउडर प्लान्टमा ढुवानी गर्ने गरेकाले स्थानीयले विरोध जनाउदै आइरहेका छन् ।

उद्योगले हेटौडा औधोगिक क्षेत्रमा रहेको लक्ष्मीलाईन पाउडर प्लान्टलाई ढुंगा ढुवानी गर्दा राज्यलाई करोडौ राजस्वसमेत छल्ने गरेको छ ।

मकवानपुर गढी गाउँपालिकाबाट चुनढुंगा निकासी गर्दा एक मुस्ट स्थानीय तहलाई निकासी कर तिर्ने गरेको कारण सोही स्थानीयतहलाई तिर्ने राजस्व बाटनै खोरेटार खानीबाट हेटौडा १६ हुँदै भित्री बाटो मार्फत सिधै हेटौडा औधोगिक क्षेत्रमा ढुवानी गर्ने गरिएको छ । शिवम् सिमेन्ट उद्योगके भिसिटिएस् नगरी र भ्याट बिल नकाटी, काटा समेत नगरी चुनढुंगा ओसारपसार गर्ने गरेको छ ।

सिमेन्ट तथा किलिंकर बेच्ने अनुमति मात्र पाएको भए पनि उद्योगले राज्यलाई करोडौ राजस्व नोक्सानी हुने गरि चुनढुंगा समेत बिक्रि गर्ने गरेको छ ।

यो पनि पढ्नुहोस् 

पुल नै भाचिने गरी सामान बोक्ने शिवम् सिमेन्टलाई सरकारले तिरायो ८६ लाख क्षतिपूर्ति


प्रकाशित मिति : बिहिबार, २०८१ फाल्गुन ८, १६ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट