Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

मकवानपुरगढीमा वडाबाटै सामाजिक सुरक्षा भत्ता


मकवानपुरगढी गाउँपालिकामा आजबाट सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण गर्न सुरु गरिएको छ ।

ADVERTISEMENT

पालिकाको आठ वटा वडा मध्ये ४ वटा वडामा वडा मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु गरेको हो ।गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको नबिल बैंक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता रकम वडा कार्यालयमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएको जनाएको छ ।

ADVERTISEMENT

आर्थिक वर्ष २०८१ र ०८२ को दोस्रो किस्ता बापतको रकम वडा कार्यालयबाट नै वितरण गरेको हो । वडा नम्बर १ आपटारबाट वितरणको काम सुरु भएको र अन्य वडाबाट पनि भत्ता वितरण गरिने पालिका अध्यक्ष दोर्जे लामा स्याङतानले बताए । उनका अनुसार वडा नम्बर १ ,७ र ८ मा अघिल्लो वर्ष देखिनै वितरणको काम भईसकेको र आगामी दिनमा पालिकाले नबिल बैंक संगको सहकार्यमा बाकी रहेको अन्य वडा कार्यालय ४, ५,र ६ बाट नै वितरण गर्ने तयारी छ ।

आज गाउँपालिका वडा १ मा घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता रकम १ सय ५ जनाले बुझेका छन् ।

ADVERTISEMENT

फागुन ४ र ५ गते वडा नम्बर २ , फागुन ७ र ८ गते वडा नम्बर ७ र फागुन ९ र ११ गते वडा नम्बर ८ बाट भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति : बिहिबार, २०८१ फाल्गुन १, २० :२१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट