मनहरीमा दुर्घटना, आठ जना गम्भीर घाइते
मकवानपुरको मनहरीमा दुर्घटना भएको छ ।
शनिबार दिउसो मनहरी ६ डिपार्ट स्थित पुर्ब पश्चिम सडकखण्मा बिरगंज बाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नं.को स्कारपियो र चितवनबाट हेटौडा तर्फ आउदै गरेको बा १६ च ८३२४ नं.को कार एकआपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा ८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको उद्दार गरि उपचारको लागि चितवन पठाइएको छ । दुबै गाडी तिब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, २०८१ पुस २७, १४ :१६ बजे





















प्रतिक्रिया