Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो


सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर कारोबार भएको हो ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३ सय रूपैयाँ कायम भएको छ । सरकारले सुनको भन्सार दर घटाएका कारण नेपाली बजारमा सुनको मूल्य घटेको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् ।

ADVERTISEMENT

उनी भन्छन्, ‘सरकारले बजेट मार्फत लगाएको भन्सार दर घटायो । सोही अनुसार सुनको मूल्य समायोजन गरिएको हो ।’  सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।

आज चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८१ मंसिर १०, ११ :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट