Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

स्कुल बसको ठक्करबाट सुर्खेतमा एक बालिकाको मृत्यु


स्कुल बसको ठक्करबाट सुर्खेतमा एक बालिकाको मृत्यु भएको छ ।

ADVERTISEMENT

शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वरमा सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ।

ADVERTISEMENT

बसको ठक्करबाट सोही ठाउँकी अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको सनसाइन एकेडेमी बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिँदा समीक्षाको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ।

ADVERTISEMENT

अहिले चालक र गाडी प्रहरीको नियन्त्रणमा छन् । बालिकाको शव घटनास्थलमै छ भने जिल्ला प्रहरी कार्यालयबाट डिएसपी नेतृत्वको टोली घटनास्थलमै खटिएको छ।


प्रकाशित मिति : शुक्रबार, २०८१ कार्तिक ३०, १४ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट