Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

कुलेखानी भरिएपछी २ वटा गेट आंशिक खोलियो, उच्च सतर्कता अपनाउन आग्रह


बिहिवारदेखि परेको अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान ५ः४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ ।

ADVERTISEMENT

जलाशययमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ । पानीको तह १५३०.३५ पुगेपछि बाँधका  ढोका आंशिक रुपमा खोलिएको हो ।

ADVERTISEMENT

पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत् गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो ।

कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।

ADVERTISEMENT

नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो ।

गेट खोल्दासमेत पानीको सतह बढी नै रहेकोले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न अनुरोध गरिएको छ ।


प्रकाशित मिति : शनिबार, २०८१ अशोज १२, ०९ :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट