Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडाको टिपिकल सहकारी घोटाला प्रकरण- करोडौं रकम हिनामिना गर्ने सहकारीमा जिल्ला बचत संघको ३० लाख लगानी


हेटौंडामा रहेको टिपिकल (विलक्षण) बचत तथा ऋण सहकारी सस्थामा करोडौं रकम अपचलन हुँदापनि जिल्ला बचत संघ, मकवानपुरले ऋण लगानी गरेको पाइएको छ ।

ADVERTISEMENT

हेटौंडा-२ मा रहेको सहकारीको कर्मचारीहरुले करोडौं रकम अपचलन गरेको पाइएको हो । सस्थाका अघिल्लो कार्यकालका अध्यक्ष विश्वराज बानियाँको पालामा सहकारीको व्यवस्थापक, लेखापाल,सह-लेखापाललगायतले करोडौं रकम हिनामिना गरेका थिए ।

ADVERTISEMENT

सहकारीका कर्मचारीलेनै रकम हिनामिना परेपछी संघले ३० लाख रुपैयाँ उक्त सहकारीमा ऋण लगानी गरेको छ । सहकारीका रकम जम्मा गर्ने बचतकर्ताको रकमनै जोखिममा परेका बेला संघले समेत सहकारीलाई ऋण दिएको हो । सहकारीमा अपचलन भएको थाहा हुँदाहुदै ३० लाख ऋण लगानी गरेको जिल्ला बचत संघ, मकवानपुरकी व्यवस्थापक सुमित्र कुमारी वाइबाले बताइन् ।

सहकारीमा कर्मचारीले रकम हिनामिना गरेपछी आफ्ना बचतकर्ताको बचत रकमसमेत सहकारीले दिन सकेको छैन । सहकारीले बचत रकम नदिएपछि बचतकर्ताले गुनासो गरेका छन् ।

ADVERTISEMENT

जम्मा गरेको रकम कर्मचारीले हिनामिना गरेपछी टिपिकल सहकारीका बचतकर्ता आफ्नो रकम नपाइने होकी भन्ने चिन्तामा रहेका छन् । उता हेटौंडा उपमहानगरपालिकाले टिपिकल बचत तथा ऋण सहकारी सस्थामा भएको अपचलनको विषयमा छलफल र बैठक बोलाइरहेको छ ।

यस सहकारीमा ३ सय बढी बचतकर्ता रहेका छन् । जिल्ला बचत संघमा आवद्ध यो सहकारीले लामो समयदेखि आफ्ना बचतकार्ताको रकम फिर्ता गर्न आनाकानी गर्दै आइरहेको छ ।


प्रकाशित मिति : बिहिबार, २०८१ अशोज १०, १० :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट