Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडा उपमहानगरका कर्मचारीलाई कार्यालय समयमै बैठक भत्ता ! असुल उपर गर्नुपर्ने कर्मचारी को को ?


हेटौंडा उपमहानगरपालिकाका कर्मचारीले कानुन विपरित मनलाग्दी संग बैठक भत्ता लिएपछि महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

ADVERTISEMENT

कार्यालय समयमै एउटै निकाय र अन्तर्गतका पदाधिकारी, कर्मचारी मात्र बैठक बसी बैठक भत्ता लिने कर्मचारीले लिएको रकम असुल उपर गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

अर्थ मन्त्रालयबाट जारी कार्य संचालन निर्देशिका, २०७७ को बुंदा नं ७.१.१ मा बैठक कार्यालय समय वा पछि सम्पन्न हुनुपर्ने, एउटै निकाय र अन्तर्गतका पदाधिकारी / कर्मचारी मात्र बस्ने बैठकमा भत्ता प्रदान नगर्ने, कानुन अनुसार गठन भएका समितिहरूको बैठकका लागि मात्र भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ । तर हेटौंडा उपमहानगरपालिकाले सुरक्षित आप्रवासन परियोजना अन्तर्गतका कार्यक्रम संचालन गर्न कार्यक्रम संयोजक, सामाजिक परिचालन अधिकृत, आप्रवासि परामर्शकर्ता, मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता सहजकर्ता तथा रिटर्नी स्यवंमसेवक कर्मचारीहरू सेवा करारमा नियुक्ती गर्न विभिन्न मितिमा परीक्षा संचालन, छनौट अन्तर्वार्ता तथा सिफारिसका लागि बैठक बसी तिन लाख ४२ हजार ४० रुपैयाँ खर्च गरेको प्रतिवेदनले देखाएको छ ।

महालेखाले खर्चको फाँटवारी जाँच गर्दा एकै दिनमा २ देखि ७ पटकसम्म बैठक बसेको, कार्यालयकै कर्मचारीको उपसमिति गठन गरी बैठक बसेको, १० पटक सम्म परीक्षा संचालन तथा ११ पटकसम्म अन्तर्वाता संचालन गरेको भनि भत्ताहरू भुक्तानी गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । पालिकाले बिहान बेलुका १/१ वटा गरी २ वटासम्म बैठक भत्ता भुक्तानी गर्न सकिने अवस्थामा ७ वटा सम्म बैठक बसेको तथा कार्यालय समयमा बसेको बैठकको रकम एकिन गरी भत्ता लिएका कर्मचारीबाट उक्त रकम असुल गर्नुपर्ने जनाएको छ ।

ADVERTISEMENT

महालेखाका अनुसार कानुन विपरित भत्ता बुझेर असुल उपर गराउनु पर्ने कर्मचारीहरुमा अधिकृत आठौं भीम प्रसाद तिमल्सिना, अधिकृत आठौं शान्ति विक, अधिकृत आठौं रामकृष्ण थापा, अधिकृत सातौं विना माया थिङ्ग र अधिकृत छठौं राम प्रसाद गुरागाई रहेका छन् ।

महालेखा परिक्षकको कार्यालयले असुल उपर गर्नुपर्ने बताएको कर्मचारी र रकम यस्तो छ ।


प्रकाशित मिति : बिहिबार, २०८१ भदौ २७, १६ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट