Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमतीको स्वास्थ्य मन्त्रालयमा डा प्रवीण श्रेष्ठलाई हाजिर गर्न दिन सर्वोच्च अदालतको आदेश

हाजिर गर्न किन नदिएको भन्दै मन्त्रालयको नाममा कारण देखाउ आदेश


बागमती प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएका डा. प्रवीण श्रेष्ठलाई हाजिर गर्न दिन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

ADVERTISEMENT

डा. श्रेष्ठले हाजिर गर्न पाउँ भन्दै गत मंगलबार स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, स्वास्थ्य सचिव बद्रीबहादुर खड्का सहितलाई विपक्षी बनाई सर्बोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डा श्रेष्ठलाई हाजिर गर्न दिन मन्त्रालय र सचिवको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै हाजिर गर्न किन नदिएको भन्दै प्रदेश मन्त्रालयको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

ADVERTISEMENT

मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई बागमती प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी कन्सलटेन्ट सर्जन हुन्। एघारौँ तहका डा. श्रेष्ठलाई हालका सचिव बद्रीबहादुर खड्काले सामान्यको निर्णय कार्यान्वयन नगर्न भन्दै सर्बोच्चमा रिट दायर गर्दै आफ्नो पक्षमा अन्तरिम आदेश लिएर बसेका थिए  ।

आफू सचिव कायम रहेको अवस्थामा सचिवका रुपमा सरुवा भएका डा. श्रेष्ठलाई हाजिर गर्न नमिल्ने भन्दै उनले श्रेष्ठलाई फर्काइदिएका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ जेष्ठ १०, १५ :०१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट