Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडाकी अम्बिका बास्तोला ५ दिनदेखि सम्पर्कविहिन , सहयोग गरीदिन परिवारको आग्रह


हेटौंडा उपमहानगरपालिका- ५ सानोपोखरा बस्ने अम्बिका बास्तोला ५ दिनदेखि हराएकी छन् ।

ADVERTISEMENT

राइटोल रत्नाकाली मार्ग निवासी ३३ बर्षिया बास्तोला राती १२ बजेदेखि हराएको र हालसम्म सम्पर्कमा नआएकाले खोजिदिन परिवारले आग्रह गरेको छ ।

ADVERTISEMENT

बिगत ३ वर्षदेखि मानसिक रोगको औषधि सेवन गर्दै आइरहेकी उनि राती घरबाट निस्किएको सिसिटिभीमा देखिएको र त्यसपछी सम्पर्कविहिन रहेको उनका श्रीमान् दिपक बास्तोलाले बताए ।

चितवन टांडी माइती भएकी उनि परिवारको सम्पर्कमा नआएपछी प्रहरीलाई पनि खबर गरेको र प्रहरीको सहयोगमा खोजिकार्य भैरहेको श्रीमान् दिपकले बताएका छन् । उनलाई देख्नुहुनेले नजिकको प्रहरी र परिवारलाई सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

ADVERTISEMENT

उनलाई कसैले देखे-भेटे मोबाइल नम्बर ९८४५४३३८७४, ९८४५३०२८८४, ९८४५१०५१०९, ९८४६५२२६३६ र ९८६४२८०३२० मा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेको छ ।


प्रकाशित मिति : आइतवार, २०८० चैत्र १८, १५ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट